दफा ८
म्याद तारिख
(१) यस ऐन बमोजिम कारवाई चलेको कुनै मुद्दामा गुज्रेको म्याद वा तारिख थमाउन पाउने छैन ।
तर–
(क) पक्षको काबु भन्दा बाहिरको परिस्थितिले गर्दा म्याद वा तारिख गुज्रेको भन्ने अदालतलाई लागेमा एकै पटक वा दुई पटकसम्म गरी जम्मा पन्ध्र दिनसम्मको म्याद तारिख थाम्न सकिनेछ ।
(ख) मुलुकी देवानी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा २२५ र दफा २२६ तथा मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा १९० मा लेखिएको कुरामा सोही बमोजिम हुनेछ ।
(२) प्रतिवादीको नाममा समाव्हान वा इतलायनामा जारी गर्दा बाटाका म्याद बाहेक सात दिनको म्याद दिइनेछ ।